सर्लाही प्रशासनले राहतको कुरै छोडौ पिडितको विवरण समेत दिन सकेन : गैससको भरमा राहत

रिलिफ नेपालद्वारा सर्लाहीका ११ सय बाढी तथा डुवान पिडितलाई राहत वितरण

सर्लाही, ११ साउन । बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन ।

एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाएको भए पनि अझै बिबरण नै सार्वजनिक नहुँदा सरकारी तवरबाट राहत बितरण कार्य हुन सकेको छैन ।

सर्लाहीस्थित बागमती सेवा समाजले दिएको प्रारम्भिक तथ्याङ्ग अनुसार ३ जना बालबालिकाको ज्यान जाने गरी भएको बाढी तथा डुबानबाट जिल्लामा २ हजार ४ सय घर परिवार र १३ हजार मानिस पुर्णरुपमा बिस्थापित भएका छन । तर जिल्ला बिपत ब्यबस्थापन समितिले भने अझै तथ्यांक सार्बजनिक गर्न सकेको छैन ।

राज्य तथा स्थानीय निकायबाट अझै राहत सामाग्री नपाउदा पिडित परिवारहरुको पिडा माथि झन् पिडा थपिएको छ । यद्यपी गैर सरकारी संस्थाका सहयोगका कारण उनीहरुले केहि राहत पाएका छन् ।

यसैबीच रिलिफ नेपालले सर्लाहीका ११ सय बाढी तथा डुवान पिडितलाई राहत बितरण गरेको छ । दुई हप्ता अघि सर्लाहीमा परेको अबिरल वर्षाका कारण बाढी तथा डुवानमा परेका ११ सय घर परिवारलाई रिलिफ नेपालले राहत सामाग्री बितरण गरेको हो ।
गत असार २५ गते देखि झण्डै एक हप्ता लामो अबधी सम्म सर्लाहीमा परेको भारी वर्षाका कारण सर्लाहीका बाढी तथा डुवानबाट बिस्थापित भएका २ हजार ४ सय घर परिवार मध्ये १ हजार १ सय घर परिवारलाई सिन्धुलीमा रहेको रिलिफ नेपालले राहत सामाग्री बितरण गरेको हो ।

केही बर्ष देखि बिपत तथा सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको रिलिफ नेपालले सर्लाही का बाढी तथा डुवानबाट बिस्थापित भएका ११ सय घर परिवारलाई सामाग्री बितरण गरेको रिलिफ नेपालका निर्देशक कुशराज पौडेलले बताए । एक हप्तादेखि रिलिफ नेपाल सर्लाहीमा सेवारत छ ।

टिडिएच जर्मनीको आर्थिक सहयोगमा रिलिफ नेपालका पदाधिकारीहरुले सर्लाहीको विभिन्न बाढी तथा डुवान क्षेत्रमा पुगेर बागमती सेवा समाजको समन्वयमा राहत सामाग्री प्रदान गरेको रिलिफ नेपाल कि कार्यक्रम अधिकृत प्रजिनाश्री डोलाकोटीले जानकारी दिइन ।

उनका अनुसार सर्लाहीको हरिवन नगरपालिकामा १ सय, कौडेना गाउँपालिकामा ३ सय २०, धनकौल गाउँपालिकामा ५१५ र बरहथवा नगरपालिकाका १ सय ६५ घर परिवारलाई राहत सामाग्री बितरण गरिएको हो ।

बाढी पिडितहरुको जनजीवन कष्टकर बनिरहेको अबस्थामा रिलिफ नेपालले प्रती एक घर परिवार बापत चामल २५ केजि, चिउरा १० केजि, दाल २ केजि, नुन १ केजि, दालमट, तेल २ लिटर ,बाल्टिन ,जग ,म्याट ,साबुन, ब्रस टुथपेष्ट लगायतका अत्यावस्यक सामाग्री बाढेको हो । प्रति परिवार ४ हजार ३ सय रुपैया बराबरको सामाग्री बितरण गरेपछि पिडित परिवारले केही राहत महसुस गरेका छन् ।

Loading...