चिसोमा कठ्याङ्ग्रिएर रौतहटमा मात्र २४ को मृत्यु

राैतहट, ७ माघ । रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए । पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने […]

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, राजपा र संघीय फोरम मिलेर वामगठबन्धनलार्इ तह लगाउने

काठमाडाैं, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार […]

देउवासँग सबैभन्दा बढी आक्रोशित उनकै निकटका नेताहरु, प्रकाशमानसमेत देउवासँग भिड्दै

Sher Bahadur Deuba

काठमाडाैं, ७ माघ । कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ […]

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ […]

देशभरका काँग्रेसको भक्तपुरमा भेला

भक्तपुर, ७ माघ । नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियान भक्तपुरबाट शुरु भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि एक दिने कार्यशाला भक्तपुरबाट शुरु भएको हो । यसअघि सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई मजबुत बनाउने अभियान भक्तपुरबाट शुरु भएको नेपाल तरुण […]

ट्रम्पको एक वर्षः अमेरिकी नागरिक इतिहासमै बढी विभाजित

एजेन्सी । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् […]

अमेरिकी सरकारको खर्च विधेयक सिनेटबाट पारित नभएपछि ट्रम्प तनावमा

US president Donald trump

एजेन्सी । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ वर्षको अमेरिकी इतिहासमा यो चौँथोपटक हो । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रत्यक्ष प्रभाव देखिने विज्ञहरूको भनाई छ । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने […]

गगन थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न देउवाको कडा चेतावनी

नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो । चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ । उनले नाम नै लिएर युवा नेता गगन कुमार थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न कडा चेतावनी दिएको स्रोतको दावी […]

दिपक मनाङे चेकपोष्ट छलेर भित्रिएको सूचनापछि प्रहरी छ्याप्छ्याप्ती चारैतिर परिचालन

काठमाडाैं, ६ माघ । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले पुष्टि […]

गतिरोध हट्नका लागि एमालेकै कमजोरी रहेको नेता नेम्वाङको दावी

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्वाङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएको बताए। ”पार्टी एकताको बिकल्प […]