बालिकाको ज्यान गएपछि ३५ लाखको सामान नाश, सर्पदंश उपचार केन्द्र बन्द

सर्लाही, २४ असार । सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार सर्पले डसेकी बालिकाको उपचारको क्रममै मृत्यु भएपछि तोडफोड भएको छ । केन्द्रको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले तोडफोड गरेको हो । हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा […]

अख्तियारको जालमा परे एउटै कार्यालयका तीन कर्मचारी

बारा ।  पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरासमेत ३ जना घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । उनीहरूलाई मंगलवार नियन्त्रणमा लिइएको हो ।  ईन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयका कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुुुस मागेपछि अख्तियारको फन्दामा परेका हुन । त्यसैगरी […]

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिने

काठमाडौं २४ असार। सरकारले आगमी आर्थिक वर्षदेखि साउनदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सरकारले त्यसका लागि प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण सुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको […]

भारत गएको छोरो नेपाल केटी भएर फर्किएपछि परिवारमा रुवावास…

काठमाडौं, २४ असार । कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका माल परिवारमा यतिबेला रुवावासी छ । पैसा कमाउने र पढ्ने भनेर भारत गएका माल परिवारका छोरा घरमा आउँदा केटी बनेर फर्केपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका छन् । दोमिल्लाका सुरेन्द्र सिंह माल कक्षा १२ को पढाइ सकेर पाँच वर्ष अघि भारत हान्निएका थिए । १८ […]

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा […]

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?

काठमाडौँ, २४ असार। तुलसीराम चापागाई कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय तत्कालीन उच्च मावि मा पढाउँदै आएका छन् । उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म माध्यमिक तह कायम गरेको छ। त्यसैले उनी मावि […]

गृहमन्त्रीको गम्भीर खुलासा: भन्छन्, स्थानीय जनप्रतिनिधिकै ‘सुराकी’मा कुमार पौडेल मारिएका हुन्

काठमाडौँ, २४ असार । सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले […]

शिक्षक लाईसेन्समा सोधिने नेपाली विषयको नमूना वस्तुगत प्रश्नोत्तर

काठमाडौँ २४ असार । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न […]

बृन्दावन रिसोर्टमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने को हुन ८ भिआइपी !

ललितपुर, २४ असार । ललितपुरको बृन्दावन रिसोर्टबाट ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका वार्ड नं. ३ बाडेगाउँमा रहेको बृन्दावन रिसोर्टबाट प्रहरीले ८ जना जुवाडेलाई जुवा खेल्दाखेल्दै पक्राउ गरेको हो । प्रहरीले बृन्द्रावन रिसोर्टमा जुवा खेलिरहेका उनीहरुबाट १० लाख ८४ हजार नौ सय ८७ रुपैयाँ र १६ थान तास बरामद गरेको जानकारी दिएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नै संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २४ असार । दुई दिनदेखि बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तर, उनले ऐनका कुन कुन बुँदामा किन संशोधन गर्ने भन्नेबारे केही बताउन चाहेनन् । लामो समयदेखि थाति राखिएको उक्त […]