महाकाली नदीमा पानीको बहाव बढ्यो, आवातजावतमा रोक

भीमदत्तनगर, २१ साउन । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ […]

लोकसेवाको विज्ञापन विरुद्ध बन्यो आन्दोलन परिचालन समिति, आदिवासी जनजातिले आन्दोलन अझै चर्काउने

काठमाडौं, २१ साउन । लोकसेवा आयोगले समावेशिता र समानुपातिक सिद्धान्त विपरित विज्ञापन खुलाउन थालेपछि त्यसका विरुद्ध निरन्तर आन्दोलनमा रहेका सरोकारवालाहरुले नयाँ आन्दोलन उठान गर्न आन्दोलन परिचालन समिति गठन गरेका छन् । सोमबार काठमार्डौंको सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको हो । आरक्षण बचाऔँ आन्दोलनका लागि समितिले सबैलाई एकजुट हुन आह्वान पनि […]

गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

चिप्लेढुङ्गा, २१ साउन । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४÷७५ मा १४८ […]

कर्णालीमा ६०० बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर […]

चितवनमा भ्रमण वर्ष २०२० तयारी तीव्र

चितवन, २१ साउन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ […]

औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

बाँके, २१ साउन । करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । […]

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

काठमाडौँ, २१ साउन । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा […]

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका पत्रकार पुडासैनी मृत अवस्थामा फेला

रवि लामिछानेले संचालन गर्ने न्यूज–२४ टिभीको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । हाल केहि समय अघि मात्र न्यूज–२४ छोडेर माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका हुन्। चितवनको एक होटलमा झुण्डीएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको हो । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको […]

सत्तारुढ दल नेकपाले सरकारी जग्गामै केन्द्रीय कार्यालय चलाएको खुलासा

काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको खुलासा भएकाे छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले […]

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए । निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे । अन्ततः दुई लाख बुझाउने सर्तमा […]