ठूलीभेरीले तीन घर बगायो

रुकुमपश्चिम, २० साउन । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ […]

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन

मुग्लिन, २० साउन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो । वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता […]

सरकारले तोकेको शिक्षक र कर्मचारीको नयाँ तलबमान यस्तो छ, हेर्नुहोस विस्तृत

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

अर्थमन्त्री; कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ

काठमाडौँ, २० साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन् ।आन्तरिक राजश्व विभागद्वारा आयोजित व्यवस्थापन गोष्ठीमा उनले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले अहिले भएका सुधारबाट […]

राति गएको पहिरोमा परी तीनको मृत्यु

बागलुङ, २० साउन । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका […]

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए। हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा […]

नवलपरासीका ७० घरेलु तथा साना उद्योग खारेज

परासी, २० साउन । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५÷०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग […]

सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता

काठमाडौँ,२० साउन । काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ । ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको […]

एकै जिल्लाका ११ निर्माण कम्पनीबाट २ करोड बढी हर्जाना असुल

भीमदत्तनगर, २० साउन । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिए । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित […]

स्कूलजाँदा नेपालमै हराएका दुई बालिका भारतको पूर्णियामा फेला

सुरुङ्गा, २० साउन । साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । झापाकाे स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु […]