अदालतसामू टेकराजको बोली फेरियो, प्रहरीलाई अच्चममा पार्दै दिए यस्तो सनसनीपूर्ण बयान

काठमाडौं, २७ बैसाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरी बयान फेरेका छन् । उनले अदालतसामू सुन तस्करी गरेको स्वीकार गर्दै सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् । मल्लले यसअघि गृह मन्त्रालयको अनुसन्धान टोलीलाई दिएको बयान फेरेका छन् । उनले सनम शाक्यको हत्या र सुन […]

मोदीलाई स्वागत गर्न बनाइएको स्वागतद्वार भत्कियो

काठमाडौं, २६ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरमा बनाइएको स्वागतद्वार भत्किएको छ। बुधबार बिहान वर्षासँगै आएको हावाहुरीले जनकपुरका विभिन्न ठाउँमा बनाइएको स्वागतद्वार भत्किएको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेले सेतोपाटीलाई जानकारी दिए। ‘भारतीय प्रधानमन्त्रीलाई स्वागत र नागरिक अभिनन्दन गर्न १० दिनदेखि तयारी गरेका थियौं। तर आजका हावाहुरीले सबै क्षति पुर्‍यायो,’ प्रमुख […]

ओली-प्रचण्ड गठबन्धनको जंगली रवैयाले जनतालाई स्तब्ध बनायो: प्रकाण्ड (विज्ञप्तिसहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीनिकट मजदुर संगठनका अध्यक्षसहित ८ जना नेताहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशन गिरफ्तार गरिएपछि प्रबक्ता प्रकाण्डले त्यसको कडा शब्दमा बिरोध गरेका छन् । प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री केपी ओली र प्रचण्ड गठबन्धन सरकार जंगली रवैया देखाएको बताएका छन् । प्रबक्ता प्रकाण्डले बुधबार एक विज्ञप्ति गरेर पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली […]

२२ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं, २६ बैसाख । नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। एसपी राजेन्द्र ढकाल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रोमा सहकुलबहादुर थापा, तेस्रोमा अरुणकुमार बिसी बढुवा भएको सूचनामा उल्लेख छ । बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको डिआइजीमा बढुवा […]

किम जोङ उन र ट्रम्पबीच भेटघाट मिलाउन उत्तर कोरियामा अमेरिकी विदेशमन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मिती र स्थान तय भएको भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर अबको केही हप्ता भित्रै ट्रम्प र किमबिच ऐतिहासिक वार्ता हुनेछ । वार्ताको तयारीका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच गोप्य रुपमा धेरै पटक छलफल भएको बताइने […]

इरानसँग भएको पारमाणिक सम्झौताबाट अलग्गिने ट्रम्पको घोषणा

US president Donald trump

बीबीसी, २६ बैसाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणिक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बराक ओबामाको कार्यकालमा गरिएको उक्त सम्झौताबाट अलग्गिँदै उनले यसलाई महत्वहीन बताएका छन् । स्थानीय समयानुसार मंगलबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको हितमा नभएकोसमेत बताए । उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण […]

अध्यक्षसहित ११ नेताहरु गिरफ्तार परेपछि महासचिव दाहालले ओली सरकारलाई दिए कडा चेतावनी

काठमाडौं, २५ बैसाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष र सचिवसहित ११ नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले नाङ्गो हस्तक्षेप गरी ११ नेताहरुलाई गिरफ्तार गरेको हो । प्रहरीले केन्द्रीय अध्यक्ष अमर झाँक्री, केन्द्रीय सचिव देव परियार,केन्द्रीय सदस्यहरू शिशिर थापा, एलवी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र […]

एमाले नेताहरु परिवर्तनको विपक्षमा छन्, जनयुद्ध छोडेर एकता गरिँदैनः प्रचण्ड

काठमाडौं २५ बैसाख ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेताहरु सच्चिनु पर्नु बताएका छन् । प्रचण्डले एमाले नेताहरुले परिवर्तनको विपक्षमा वा विरोधी भएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका छन् । उनले एमाले नेताहरु सच्चिदै परिवर्तनको पक्षमा अाउनु पर्ने धारणा राखे । पार्टी एकतामा ब्रेक थ्रु भएको बताइरहेको बेला अध्यक्ष प्रचण्डले वाइसिएल […]

आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज

काठमाडौं, २५ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे […]

पूर्वप्रधानमन्त्री बालुवाटारमा भेला हुँदै

काठमाडौं, २५ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको हो । मंगलबार विहान १० बजेबाट पुर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल सुरु गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश […]