तनहुँ, ४ भदौ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रबन्धक […]
मुख्य समाचार
२५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै नेपाली सेनाले खुलायो विज्ञापन
नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन खुलाएको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग बिहीवार एक सूचना जारी गर्दै उक्त पदको लागि दरखास्त आह्वान गरेको छ । २५० जनाको […]
भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान
काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]
‘नेपालविरुद्ध लगाइएको भारतीय नाकाबन्दीका लागि जयशङ्करले पश्चात्ताप गर्नुपर्छ’
बुधवार नेपाल आउने भारतीय विदेशमन्त्री एस जयशङ्करका लागि यो भ्रमण ‘आफ्नो नमिठो विगत बिर्साउँदै द्विपक्षीय सम्बन्ध विस्तारका लागि विश्वसनीयताको वातावरण स्थापित गर्न महत्त्वपूर्ण हुने’ नेपाल मामिलाका एक भारतीय विज्ञले बताएका छन्। भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गरेपश्चात् बुधवार नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ भारतीय नेता हुन्। तर एस जयशङ्करको नामसँगै धेरै नेपालीहरू […]
भदौ ६ गते गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिइने
धनगढी, ४ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त […]
देशको राजधानीमा अस्तव्यस्त पार्किङ, काठमाडौंमा पार्किङको कहर
काठमाडौँ, ४ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उहाँ महागनरीय ट्राफिक प्रहरी महाशाखामा आए । “उहाँलाई सडक क्षेत्र पार्किङका लागि हुँदै होइन भन्दै हामीले फर्कायौँ”, महाशाकाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार […]
झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै
लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]
जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै
सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]
देशका पाँच नगरका प्रमुख इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउने
काठमाडौँ, ४ भदौ । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको […]
‘भ्रष्टाचारसम्बन्धी १५०० घटनामा विस्तृत अनुसन्धान’
काठमाडौँ, ३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ […]









