काठमाडौँ, ४ भदौ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको […]
मुख्य समाचार
डिपिआर स्वीकृतसँगै आयोजनाको काम तीव्रता पाउने
काठमाडौँ, ४ भदौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ ।कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित […]
कलापुञ्ज पाँचौँ बिहीबार देखि
काठमाडौँ, ४ भदौ । सोसाइटी अफ मोडर्न आर्टिष्ट सोमाको आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ । प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजुृ, […]
किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत
काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]
चावहिल–साँखु सडकखण्ड: यातायात व्यवसायीको विरोध
साँखु, ४ भदौ । लामो समयदेखि चावहिल–साँखु सडकखण्डको निर्माण सम्पन्न नहुँदा यातायात व्यवसायीले विरोध शुरु गरेका छन् । सडक नबन्दा हिलो र खाल्डोमा परेर दिनहुँ गाडी बिग्रने तथा सरल र सहजरूपमा यातायात सेवा सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले विरोध गरेका हुन् । यस सडकखण्डमा हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि आन्दोलित भएको साँखु शालीनदी […]
सरकार अधिनायकवादतर्फ उन्मुख छ : पूर्व मन्त्री बस्नेत
काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो । क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा […]
रवि लामिछाने पत्नी निकिताले दिइन् ३ जनाविरुद्ध जाहेरी
काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन्। प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर […]
सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता
नेपालगञ्ज, ४ भदौ । बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा जिल्लाका सूचना अधिकारीहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।अन्तरक्रियामा […]
भारतका बाह्य मामिलामन्त्री राजधानीमा
काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन उहाँ आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत […]
कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय अदालत गुहार्ने पाकिस्तानको तयारी
पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ। भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो। भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई […]










