काठमाडाैं । भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ। पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ काे […]
मुख्य समाचार
चारदशक पुगेपनि पीडितले पाएनन् लालपुर्जा
पोखरा, ५ भदौ । झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार माझठानामा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ । तत्कालीन समयमा सरकारले भगवतीटार माझठानाका बाढीपीडितमध्येका २३२ परिवाररलाई […]
प्रचण्ड बल्ल बने पावरफुल अध्यक्ष
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको हो । यस अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक चलाउन सक्ने भूमीका पाएका थिएनन […]
आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति
काठमाडौँ, ५ भदौ । राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको […]
पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु
पर्वत, ५ भदौ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक […]
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
धादिङ, ५ भदौ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर […]
पोस्टमार्टम र विधिविज्ञान प्रयोगशालाको रिपोर्ट जुधेपछि पुडासैनी मृत्युको अनुसन्धान झनै लम्बियो, रविलाई अझै म्याद थपिने
काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]
बसपार्कस्थित होटलको कोठा नं. १११ मा एक जोडी रहस्यमय मृत भेटिए
काठमाडौं । बालाजुको नयाँ बसपार्कमा रहेको एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै रहेको मोरङ पर्वत गेस्ट हाउसमा भेटिएका उनीहरुको मृत्यु रहस्यमय ठानिएको छ । मृत भेटिनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं हुन् । उनीहरु दुबै जना होटलको कोठा नं. १११ […]
शिक्षामा महत्वाकांक्षी राष्ट्रिय शिक्षा नीति पारित
काठमाडौं । राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट राष्ट्रिय विकासमा परेका प्रभावहरू अनुरूप शिक्षा क्षेत्रको विकास र शासन प्रवन्धको लागि पनि स्वभावैले शिक्षा नीतिको परिमार्जन आवश्यक भएको […]
सत्तारुढ नेकपाले गर्यो भिम रावल, जनार्दनसहित ७ नेताहरुमाथि कारवाही
काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका सात जना नेतामाथि कारवाहीको प्रक्रिया थालेको छ । पार्टीका विरुद्ध नै बोल्दै हिडन थालेको भन्दै उनीहरुमाथि कारवाहीको प्रक्रिया थालनी भएको हो । यसरी कारवाहीको प्रक्रियामा पर्नेहरुमा पार्टीको स्थायी समिति सदस्यदेखि केन्द्रीय सदस्यसम्म रहेका छन् । उनीहरुले पार्टीको नीति विपरीत सरकार र पार्टीकै नेतृत्वका […]











