बसपार्कस्थित होटलको कोठा नं. १११ मा एक जोडी रहस्यमय मृत भेटिए

काठमाडौं । बालाजुको नयाँ बसपार्कमा रहेको एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै रहेको मोरङ पर्वत गेस्ट हाउसमा भेटिएका उनीहरुको मृत्यु रहस्यमय ठानिएको छ ।

मृत भेटिनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं हुन् । उनीहरु दुबै जना होटलको कोठा नं. १११ मा मृत भेटिएका हुन् ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अघिल्लो राति ११ बजे होटलमा बसेका थिए । राति कोठा बुक गरेर गएका उनीहरुलाई बिहान होटलका स्टाफले खाना खान ढोका ढक्ढक्याएका थिए । तर, कोठाको ढोका खुलेन । दिउँसो १ बजेसम्म पनि कोठा नखुलेपछि होटलवालाले कोठा खोल्ने प्रयास गरेका थिए तर पनि कोठा नखुलेपछि प्रहरी बोलाइएको थियो । प्रहरीले होटलको ढोका खोल्दा दुबैजना नग्न अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले ढोका खोलेपछि कोठामा मदिराका बोतलहरु यत्रतत्र थिए । तर, कोठामा विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको मृत्यु के कारणले भएको हो भन्ने अध्ययन गरिरहेको जनाएको ।

घटनास्थलमा नेपाल प्रहरीका फरेन्सिक विज्ञको टोली समेत पुगेको थियो । प्रहरीले दुबैका परिवारलाई खबर गरेर बोलाएको थियो । त्यसपछि उनीहरुको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टमका लागि पु¥याइएको थियो ।

प्रहरीले दुबै जना विवाहित रहेको जनाएको छ । मृत भेटिएकी महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको थाहा भएको छ ।

Loading...