काठमाडौं, ५ भदाै । मन्त्रिपरिषद बैठकले गरेका ३५ वटा निर्णयहरु सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गाेकुलप्रसाद बास्काेटाले आज सिंहदरवारमा पत्रकार सम्मेलन अायाेजना गरी उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदकाे बैठक भदाै १, २ र ४ गते बसेकाे थियाे । बैठकले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको सञ्चारमन्त्री […]
मुख्य समाचार
समृद्धिका लागि हरित स्रोतको उपयोगमा जोड
काठमाडौँ, ५ भदौ । वातावरण क्षेत्रका जानकारले मुलुकको हरित प्राकृतिक स्रोत साधनको दिगो उपयोगले नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएको छ ।नेपाल वातावरण पत्रकार समूहले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनिहरुले जुडीबुटीलगायत वातावरणीय स्रोतसाधनको उपयोगमा परम्परागत ज्ञान, सीप र अनुभवमा विज्ञानको प्रयोग गरेर गरीबी निवारण गर्न सकिने धारणा व्यक्त गरे । कार्यक्रममा सांसद राजेन्द्रकुमार […]
शुक्रवार सार्वजनिक बिदा
काठमाडौं, ५ भदौ । शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । कृष्ण जन्माष्टमी पर्व परेकोले शुक्रवार बिदा हुने भएको हो । कृष्ण जन्माष्टमीमा संघीय सरकारले भने बिदा दिएको होइन । प्रदेश नम्बर २ ले सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतका अनुसार प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन बिदा दिने […]
विदेशमा लगानी गर्नुअघि सरकारको अनुमति लिऔँ: मन्त्री खतिवडा
काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बंैकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखेको […]
प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान
काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन ।प्रधानमन्त्रीका साथमा उनकि धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद […]
त्रिविको उपकुलपति रिक्त, त्रिवि भिजन उपलब्धि
काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताए । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गरेको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यमा आफूले […]
क्रिकेट छाडेर जम्मु कास्मिर गस्ती गर्न किन पुगे धोनी !
एजेन्सी । सधैँ क्रिकेट मैदानमा ब्याट घुमाएका देखिने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी केही दिन जम्मु कास्मिरमा राइफल भिरेर गस्ती गरिरहेका भेटिए । धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गरेका थिए । प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गरेका थिए । […]
सिरहाका दुई स्थानीय तह अझै बजेट ल्याउन असफल
लहान, ५ भदौ । चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए पनि तोकिएको अवधिभन्दा दुई महीना नाघ्दासमेत सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट सार्वजनिक गर्न असफल भएका […]
“नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन”
काठमाडौँ, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा एमाले मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए […]
मुख्यमन्त्रीद्वारा साइकल वितरण
धनुषा, ५ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन ।मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताए । उनले भने “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण […]










