शुक्रवार सार्वजनिक बिदा

काठमाडौं, ५ भदौ । शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । कृष्ण जन्माष्टमी पर्व परेकोले शुक्रवार बिदा हुने भएको हो ।
कृष्ण जन्माष्टमीमा संघीय सरकारले भने बिदा दिएको होइन । प्रदेश नम्बर २ ले सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका अनुसार प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन बिदा दिने बताएका हुन् ।

कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका प्रतिनिधिलाई उनले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री राउतले यो पर्व महान भएकोले संघीय सरकार लाई समेत बिदा दिन आफूले अनुरोध गर्ने आस्वासन दिएका थिए ।

Loading...