काभ्रेपलाञ्चोक, ६ भदौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ ।कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई […]
मुख्य समाचार
रेशमखेतीतर्फ आकर्षण घट्दै
चितवन, ६ भदौ । पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो सङ्ख्या घटेर अहिले २५ मा झरेको हो ।किम्बु नर्सरी विकास केन्द्र भण्डाराबाट गत वर्ष चार लाख २६ हजार ७०० किम्बुका बिरुवा बिक्री भएका छन् । तीमध्ये रेशमखेतीको प्रवद्र्धन […]
घडेरीबाट पछि हट्यो सेना
काठमाडौँ, ६ भदौ । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ ।जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए। विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध […]
भाद्र कृष्ण अष्टमीका दिन कृष्ण मन्दिरमा भक्तजनको भीड
ललितपुर, ६ भदौ । भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको […]
‘दलित भएर किन चस्मा र कोट लगाएको’ भन्दै अधिकारकर्मीलाई नै कुटपिट गर्ने २ पक्राउ
बाजुरा, ६ भदाै । बाजुरामा एक जना दलित अधिकारकर्मीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे जनाएकाे छ । बाजुरकाे हिमाली गाउँपालिकाका दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि विभेदपूर्ण शब्दहरु प्रयाेग गरेर गाली गर्ने गर्ने चिरीम मल्ल र […]
नगरप्रमुखले एकलौटी निर्णय गर्न थालेपछि पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा
बाजुरा, ६ भदौ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने […]
लागुऔषधको प्रयोग र कारोवारसँगै अपराध बढ्दो
घोराही, ६ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले गत वर्ष लागुऔषधसम्बन्धी ३५ वटा मुद्दा चलाएको छ । तीमध्ये ब्राउनसुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चलाएको २९ वटा मुद्दामा ३८ पुरुष र चार महिला रहेका छन् । तीमध्ये २६ पुरुष र दुई महिला धरौटीमा छुटेका छन् भने बाँकी छ पुरुष र दुई […]
पोखरामा ब्राउनसुगरका नौ पोकासहित दुई पक्राउ
पोखरा, ६ भदौ । लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडा प्रहरी […]
युवाहरुमा बढ्दैछ वाटर एटीएमप्रति अचम्मकाे आकर्षण
ललितपुर, ६ भदौ । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन । उनी घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने […]
तिङ्कर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्ग: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताए । प्रतिनिधिसभाको आजको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडुकोतर्फबाट अतहरकमाल मुसलमानले मित्रराष्ट्र चीनको तिब्बत जोड्ने दार्चुलाको तिङ्कर नाका स्वदेशी, विदेशी व्यापारी एवं पर्यटकका लागि खुला गर्न किन ढिलाइ भइरहेको छ भनी राखेको […]










