एसईईको ग्रेड वृद्धि परीक्षामा अचम्म दृष्य, विद्यार्थीभन्दा निरीक्षक धेरै

घोराही, ३ भदौ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यमिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि […]

तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए […]

मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,

काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]

शिक्षकको सेवा सुविधा निजामतिको भन्दा बढी बनाउने गरी ल्याइएको शिक्षा नीतिको पूरा पाठ यस्तो छ

काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ ।  मन्त्रिपरिषद अन्तर्गत सामाजिक समितिले यसअघि नै पारित गरी नीतिकाे मस्याैदा मन्त्रिपरिषदमा पेश भएकाे हाे ।  शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा […]

क्यान्सर पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

पोर्चुगल, २ भदौ । रक्त क्यान्सरबाट पीडित लमजुङ बेशीशहर नगरपालिका–९ की १९ वर्षीया सुषमा दीक्षितको उपचार सहयोगार्थ सङ्कलन गरिएको रकम नेपाल पठाइएको छ ।यहाँ सञ्चालन गरिएको ‘रक्त क्यान्सर पीडित सुषमा बचाउ अभियान’ अन्र्तगत सङ्कलन गरिएको एक हजार २६६ युरो अर्थात् रु एक लाख ५८ हजार ५०० सहयोग रकम नेपाल पठाइएको अभियानका अभियानकर्मी सुनिल ढुङ्गानाले जानकारी […]

तिलिचोप्रति आकर्षण बढ्दै

मुस्ताङ, २ भदौ । विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पु¥याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म यतिखेर सडक विस्तार भइहेको छ । […]

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

काठमाडौँ, २ भदौ । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ । राजश्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि […]

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, केही प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौँ । चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । […]

राप्तीपारिका धेरै मानिस अझै डुङ्गाको भर

बाँके, २ भदौ। राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेपछि त्यही भङ्गालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालक जगत पालले बताए। उहाँका अनुसार खल्ला झगडिया गाउँभन्दा २०० मिटर पर […]

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना आव २०७६÷०७७–२०८०÷८१ को मस्यौदा तयार गरेको छ ।आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायका रूपमा स्थापित गरी आवधिक निर्वाचनलाई व्यावसायिक, कुशल, पारदर्शी र विश्वसनीयरूपबाट व्यवस्थापन गर्ने ध्येय राखेर उक्त रणनीतिक योजनाको मस्यौदा तयार गरिएको आयोगका […]