काठमाडौं, ३ भदौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए । यसरी मृत अवस्थामा भेटिने काठमाडौंको टौदह निवासी बच्चु केसी रहेको प्रहरीले पत्ता लगाएको छ । […]
मुख्य समाचार
मनोरन्जन क्षेत्रमा सामाजिक सुरक्षा माग
काठमाडौँ, ३ भदौ । मनोरन्जन क्षेत्रमा क्रियाशील श्रमिकको सामाजिक सुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ । सामुदायिक प्रहरी, महिला तथा बालबालिका बेचविखन विरुद्व सहकर्मी समूह, नेपाल एटविन, चेन्ज नेपाललगायत संस्थाले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले डान्सबार, ब्यूटीपार्लर, रेष्टुरेण्ट, खाजाघरलगायतका मनोरञ्जन क्षेत्र व्यवस्थित हुन नसकेकाले श्रमिक समस्यामा परेका छन् भने । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको […]
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
काठमाडौँ, ३ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो ।पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उहाँ महागनरीय ट्राफिक प्रहरी महाशाखामा आउनुभयो । “उनलाई सडक क्षेत्र पार्किङका लागि हुँदै होइन भन्दै हामीले फर्कायौँ”, महाशाकाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले […]
अतिक्रमणको जोखिममा घोडाघोडी ताल
घोडाघोडी, ३ भदौ । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । प्राकृतिक सम्पदाको दृष्टिले मात्र हैन […]
आठवर्षसम्म भवन नबनेकामा आपत्ति
काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ रु यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी […]
छोरा जन्माउने आशै आशामा १३ सन्तान, ७0 जनाको अभिभावक
पाल्पा, ३ भदौ । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा वि क ले १३ सन्तानको जन्म दिएकि छन । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि कसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक […]
प्रशासन कार्यालयको सेवा विस्तार
नवलपरासी, ३ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट–पश्चिम ले सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न विभिन्न सेवा विस्तार गरेको छ ।कार्यालयभित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा पत्र, प्राथमिकताका आधारमा सेवा प्रवाह लगायतका सेवा कार्यालयले विस्तार गरेको हो । समयसापेक्ष सेवाग्राहीको सेवालाई थप प्रभावकारी गराउन कार्यालयले विभिन्न काम गरेको प्रजिअ शम्भुप्रसाद […]
पूर्वोत्तर झापाका हात्ती प्रभावित क्षेत्रमा रबरखेती
सुरुङ्गा, ३ भदौ । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाउनु नै भएन […]
कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध
काठमाडौँ, ३ भदौ । कालीगण्डकी नदी डाईभर्सन प्रभाव क्षेत्रका काठमाडौंमा बस्ने नागरिकले जसरी पनि कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध गर्ने निष्कर्ष निकालेका छन् ।काठमाडौंमा रोजगारी गर्ने, पेशा व्यवसाय सञ्चालन गर्दै आएका र उच्च शिक्षा लिदै आएका सबै गण्डकीबेशीका नागरिकको जमघटले बुटवलका केही नेताले चुनावी नारा बनाएर सिंचाई र विद्युक्तको लागि कालीगण्डकीको पानी लान्छु भन्नुु मुर्खता […]
फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप
दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]










