लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]
मुख्य समाचार
जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै
सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]
देशका पाँच नगरका प्रमुख इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउने
काठमाडौँ, ४ भदौ । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको […]
‘भ्रष्टाचारसम्बन्धी १५०० घटनामा विस्तृत अनुसन्धान’
काठमाडौँ, ३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ […]
सिंहदरवारभित्रै आत्महत्या गर्ने नासुका सहकर्मी भन्छन ‘हामी आश्चर्यमा छौँ’
काठमाडौँ, ३ भदौ । सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो । “बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र […]
सर्लाहीमा २० वर्षिया युवतीको घाटि रेटी हत्या
सर्लाही ३ भदौ । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती एक युवतीको धारिलो हतियारको प्रयोग गरि हत्या भएको हो । ईश्वरपुर नगरपालिकामा धारिलो हतियारको प्रयोग गरि हत्या गरिएको अवस्थामा नाम ठेगाना नखुलेको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । ईश्वरपुर-१३ श्रीनगर स्थित जंगलको रेलवे बाट सागरनाथ आउने […]
शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्ने प्रयास भइरहँदा शिक्षा सचिवको सरुवा
काठमाडौं, ३ भदौ । अस्थायी, इसीडी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न प्रयास भइरहेका बेला सरकारले शिक्षा सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बराललाई सरुवा गरेको हो । बराललाई शिक्षाबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरी शिक्षामा महेशप्रसाद दाहाललाई सरुवा गरिएको छ । दाहाल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
रवि समर्थकलाई निरास पार्दै अदालतले दियो थप ५ दिन थुनामा राख्ने आदेश
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालतले म्याद थप गरिदिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई थुनामै राखी अनुसन्धान गर्न थप ५ दिनको समय थप गरिदिएको हो । यस अघि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राखी अनुसन्धान गर्न दिएको समय सकिएपछि प्रहरी अनुसन्धानको […]
फेसबुकमा भिडियो पोस्ट गरेर केपी, प्रचण्ड र देउवालाई मार्छु भन्ने पक्राउ
काठमाडौं, ३ भदौ । सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रमका प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछानेको गिरफ्तारीले आक्रोशित भई सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरुलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ । यसैक्रममा प्रहरीले रविको पक्ष लिँदै प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रमुख नेताहरुलाई गाली गर्ने एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिमराका सागर मैनाली रहेका […]
हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ
रौतहट, ३ भदौ । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी […]










