बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर हत्या गरी लुटियो पाँच लाख

बुटवल, २९ भदौ । रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ ।

यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी हुन । उनलाई रुपन्देहीकै रोहणी गाउँपालिका वार्ड नं. ३ मा हत्या भएको हो । कुर्मी आज पैसा लिन बैंक गएका थिए । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका उनलाई पच्छाउँदै आएको समूहले गोलेर हत्या गरेको हो । सोही समूहले उनको साथमा रहेको ५ लाख रुपैयाँ पनि लुटेर भागेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले लुटेरा समूहको खोजी भइरहेको जनाएका छन् । घटनास्थल र जिल्लाभर उच्च सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी पनि दिएका छन् । गोली लागेर कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...