किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै

ओखलढुङ्गा, २ भदौ । ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् । राष्ट्रिय गानका रचयिता व्याकुल माइला ९प्रदीपकुमार राई०देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल वाम्राको […]

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु

डोटी, २ भदौ । सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेका छन् ।गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ । डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । पुरुषहरूले मठमन्दिर सरसफाइ गरी […]

घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर, २ भदौ । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा […]

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया प्रारम्भ

काठमाडौँ, २ भदौ । वन तथा वातावरण मन्त्रालयले द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई गाभेर गठन गरेको ‘नेपाल वन निगम लिमिटेड’मा प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले निगमको रिक्त सिइओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नेसम्बन्धी १५ दिने सूचना आइतबार सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को […]

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी

पोखरा, २ भदौ । एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ ।फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हँुदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्केका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन […]

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, २ भदौ । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते […]

सिसी क्यामरा प्रभावकारी बन्दै: नौ हजार चालक कारवाहीमा

काठमाडौँ, २ भदौ । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो । महाशाखाले दिएको जानकारीअनुसार […]

जुम्लाको स्याउ नेपालगञ्जमा

नेपालगञ्ज, २ भदौ । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले […]

तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

भद्रपुर, २ भदौ । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ ।मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् […]

वाणिज्य बैंकमा आगलागी

भरतपुर, २ भदौ । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । […]