सुशीला कार्कीदेखि मनिषा कोइरालासम्म माइतीघरमा

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर प्रो. डा केसीको आयोजनामा मध्यान्ह १२ बजेपछि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको आयोजकहरूले बताएका छन् । प्रदर्शनमा आम नागरिकहरुसँगै मानवअधिकारकर्मी, नागरिक अगुवाहरु, स्वास्थ्यकर्मीहरु लगायत सहभागी हुने जनाइएको छ । […]

७२ जना जिल्ला न्यायधीशको एकैसाथ भयो सरुवा, को कहाँ पुगे ? (नामलिस्टसहित हेर्नुहोस्)

काठमाडौं । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ । शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ । हेर्नुहोस् न्यायधीश सरुवाको सूची

शिक्षण अस्पतालका निर्देशकले दिए एकाएक राजीनामा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् । उनले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा. महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो । तर त्रि. वि कार्यकारी परिषद्ले […]

आखिर को थिए जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख ?

काठमाडौं । विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान […]

यी हुन् दोहोरो शतक हान्ने पाकिस्तानी ब्याट्सम्यान, रचे इतिहास

काठमाडौं । पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्धको खेलमा दोहोरो शतक हानेका छन् । जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलामा नटआउट २१० हान्दै इतिहास रचेका हुन् । यससँगै उनले अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । अनवरले सन् १९९७ मा भारतविरुद्धको खेलमा १९४ रन बनाएका थिए । पाकिस्तानले जमानको २१० रन र इमाम उल हकको […]

काठमाडौंमा नक्कली सुन देखाएर ठग्नेहरु बढे, यस्तो छ धन्दा

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज […]

ओली-प्रचण्डबीच गोप्य वार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच बालुवाटारमा गोप्य छलफल भएको छ । देशको समसामयिक राजनीतिक परिस्थिति र सरकारका तत्कालिन कामका बारेमा छलफल गर्न गोप्य बैठक बसेको नेकपा निकट श्रोतले बताएको छ । यस्तै दुइ अध्यक्षबिच प्राध्यापक डाक्टर गोविन्द केसीको २१ दिनदेखि जारी अनशनको बिषयमा […]

अनुचित बल प्रयोगबात मानव अधिकारको संरक्ष्ण हुन नसक्ने – राष्टिय मानव अधिकार आयोग ( भिडियो र बिज्ञप्ति सहित )

   श्रावण ४ काठमाडौँ /  अनसन स्थल जुम्लामाबात डा गोविन्द के .सी. लाई काठमाडौँ लैजान खलङ्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका प्रहरी र डा के सी समर्थक स्वाथ्यकर्मी एवं चिकित्सा शिक्षा अध्यनरत् विद्यार्थीबीच अस्पताल भित्रै झडपको बिषयमा राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । आयोगले जुम्लाको उक्त घटनाको अनुगमन गर्दै धर्नामा रहेका डा के.सी.समर्थनले […]

गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने तयारीमा प्रधनमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप […]

चक्कु प्रहार गरेर कैलालीमा १ युवकको हत्या

कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियाका स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]