रविको मुद्दामा एकै दिनमा उच्च अदालतले दियो यस्तो आदेश, चितवन अदालतबाट मागियो सक्कल मिसिल

हेडौंडा, १८ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले जिल्ला अदालत चितवनको फैसलाविरुद्ध गरेको उच्च अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनको हेटौडा इजलासले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको सबै प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेर रविले […]

खाना पुर्याउन आएका वेटरलाई तानेर दुई तलामाथिबाट धकेल्ने पक्राउ

काठमाडौं, १७ भदौ । कलंकीको एउटा होटेलका वेटरलाई दुई तलामाथिबाट धकेलेर फाल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकीको नारायणी गेष्ट हाउसमा काम गर्ने विवेक सोनाम सुनारलाई दोस्रो तलामा रहेको कोठाबाट समातेर झ्यालबाट फाल्ने कार्यमा सम्लग्न भएका तीन जनालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले गएराति काठमाडौंको स्युचारटारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

प्लाष्टिकका सामग्रीले बजार लिएपछि काठ कुँद्ने पेशा सङ्कटमा

गलेश्वर, १८ भदौ । कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन् । काठका भाडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी सङ्कटमा परेका हुन् । वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर […]

५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

गाईघाट, १८ भदौ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक […]

मेघगर्जन चट्याङ्ग सहितआगामी तीन दिनसम्म देशभर वर्षाको सम्भावना

काठमाडौं, १८ भदौ । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर (पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका […]

अख्तियारले अनुसन्धानका लागि ५८ जनालाई एकैपटक बोलायो

बालुवाटारस्थित चर्चित ललिता निवासको जग्गा किनबेच प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगले उक्त सम्बन्धमा सोधपुछ गर्न ५८ जनालाई बोलाएको छ । बुधवार सार्वजनिक सूचना मार्फत आयोगले ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको हो । बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका तत्कालिन कर्मचारी […]

अपडेट: कपन ग्याङफाइटमा १८ वर्षिय युवकले गुमाए ज्यान

काठमाडौं, १८ भदौ । काठमाडौंको कपनमा ग्याङ फाइटमा परि एक युवकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा खोटाङका १८ वर्षिय सञ्जय राई रहेका छन् । प्रहरीका अनुसार ग्याङ फाइटमा परि गम्भीर घाइते भएका राईको मंगलबार राति ज्यान गएको हो । उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका सूचना अधिकारी समेत […]

छोरीलाई मार्ने धम्कि दिंदै चन्दा माग्ने विप्लवका नक्कली कार्यकर्ता सक्कली प्रहरीको फन्दामा

काठमाडाैं ।  एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए। कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी […]

बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

वीरगञ्ज, १८ भदौ । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति […]

मानव बेचबिखनविरुद्ध अभियान शुरु

डोटी, १८ भदौ । ।जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिए । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी […]