यस्तो हुँदैछ मंगलबार एनआरएनएको चुनावी भिडन्त

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंमा हुँदैछ । एनआरएनको चुनावीमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ […]

बुद्ध एयर डिले भएपछि रिसले चुर भएका सांसदले गरे काउन्टर नै तोडफोड

जनकपुर, २७ असोज । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक […]

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सुर्खेत, २७ असोज । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणमा पनि ‘कनेक्टिभिटी’लाई […]

नेप्सेमा पूरै रातो दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार […]

पढाइ छाडेका बालिकालाई पठाइदैछ पुनः विद्यालयमा

बाँके, २७ असोज । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए ।    उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान […]

राज्य संयन्त्रलाई विश्वास गर्दा बालुवाटार जग्गा प्रकरणमा नराम्रोसँग ठगिएको एनआरएनको भनाई

काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रबाट पीडित भएको जनाएको छ । ललिता निवास प्रकरणका नामले चर्चित बालुवाटार काण्डमा एनआरएनएको केन्द्रीय कार्यालय पनि परेको छ । बालुवाटारमा सभामुख निवासर्क अगाडि रहेको एनआरएनएको केन्द्रीय कार्यालय उनीहरुको निकै ठूलो ड्रिम प्रोजेक्ट मानिएको थियो । संसारभरका रहेका नेपालीबाट सहयोग उठाएर बनाइएको उक्त […]

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर, २७ असोज । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । […]

आजदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक

काठमाडौँ, २७ असोज । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ । बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय […]

राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश

काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन् । भ्रमण सम्पन्न भएपछि […]

राष्ट्रपति सी चिनफिङलाई मैत्री संघद्वारा भव्य स्वागत

काठमाडौ, २६ असोज । नेपाल चीन वाणिज्य मैत्री संघले स्वागतद्वार बनाएर राष्ट्रपति सि चिनफिङलाई स्वागत गरेको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा शनिवार काठमाडौं आईपुग्नु भएका चीनका राष्ट्रपति सिलाई नेपाल चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको नेतृत्वमा मैत्री संस्थाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय जनता, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, वुद्धिजिवी, पत्रकार, राष्ट्रसेवक […]