म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन […]
मुख्य समाचार
इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग
मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको […]
यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
कावासोती, २५ असोज । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हँुदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि […]
आज अपरान्ह चिनियाँ राष्ट्रपति सी जिनपिङ विशेष विमानमार्फत काठमाडौं अवतरण गर्ने
काठमाडौं, २५ असोज । छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । राष्ट्रपति सी आज अपरान्ह ०४ः३०–०५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं विमानस्थलमा अवतरण परराष्ट्र मन्त्रालयले […]
चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी
काठमाडौँ, २४ असोज । सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरूले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’ । […]
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ ः दाहाल
चितवन, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए । नेपाल, चीन […]
सीको भ्रमणमा सुल्झिनुपर्छ लिपुलेकको समस्या
नेपालको पश्चिमोत्तर लिम्पियाधुरा–लिपुलेक–कालापानी सीमा क्षेत्र बिगत ६ दशकदेखि भारतीय अतिक्रमणको चपेटामा छ । नेपाल–भारतबीचको पश्चिमी सीमा नदी महाकाली नदीको वास्तविक उद्गम कालापानी र लिपुलेकदेखि ३० किलोमिटर पश्चिम लिम्पियाधुरामा रहेको छ । तर भारतले सन् ६० को दशकदेखि नेपालको सार्वभौम भूखण्ड कालापानी क्षेत्रमा सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ । भारत र चीनबीच नेपालको सहमति विना […]
दसै लगत्तै सिन्धुपाल्चोकमा ठूलो बस दुर्घटनामा १४ को मृत्यु, ५० बढी घाइते
मेलम्ची, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ख २७१५ नं को बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते रहेको […]
असोज २६ गते आइतबार सार्वजनिक विदा दिने संघीय सरकारको निर्णय
काठमाडौं, २४ असोज । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह […]
बिदा सकिए पनि भक्तपुरका सरकारी कार्यालय सुनसान
भक्तपु, २४ असोज । सरकारले दिएको दशैको विदा विहिवारदेखि सकिए पनि दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान नै देखिएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमासमेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान देखिएका हुन् । दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै […]









