सिञ्जा, १७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए । सिञ्जाको जाला, घोडीलेख, तल्लो […]
मुख्य समाचार
गृह मन्त्रालयले करारमा २ हजार कर्मचारी माग्यो : यहाँ बाटै दिनुस् आवेदन
प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता करारमा नियुक्ति गरेसंगै संघीय सरकारको गृहमन्त्रालयले पनि करारमा कर्मचारी भर्ना गर्ने भएको छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने भएको हो । विभागले मंगलवार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता […]
मेहनती किसानका कथाः केरा बेचेरै महिनामा ५० हजार कमाउँछन् हरिबहादुर
गाईघाट, १७ भदौ । पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती […]
लाखेनाच संरक्षणका गर्न भिमादमा यस्तो पहल
दमौली, १७ भदौ । लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ […]
यसरी मनाइदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ । सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको जानकारी गराइयो । […]
नेपालगञ्जमा गोली चल्यो
नेपालगन्ज, १६ भदौ । चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। ‘नेपाल–भारत सिमास्थित जमुनाहामा […]
उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
काठमाडौँ, १६ भदौ । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले […]
नक्कली एटीएमबाट पैसा चोर्ने मनि एक्सचेन्जका सञ्चालकसहित तीन नेपाली पनि पक्राउ
काठमाडौं, १६ भदौ । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार […]
देशमा भित्रियो नौ खर्ब रेमिट्यान्स
काठमाडौँ, १६ भदौ । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक […]
टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी
काठमाडौँ, १६ भदौ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१।५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८।४८ […]











