हत्याको ३५ वर्षपछि चुरोटको ठुटोबाट अभियुक्तसम्म पुग्यो प्रहरी

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक जनाको हत्याको ३५ वर्षपछि प्रहरी अभियुक्तलाई समात्न सफल भएको छ। ५७ वर्षीय डेनियल वेल्स यसैसाता हत्या आरोपमा पक्राउ परेका हुन्। उनलाई तोन्या म्याकिन्लिीको हत्या गरेको आरोप छ। सन् १९८५ मा नयाँ वर्षकै दिन एक छोराकी आमा २३ वर्षीया म्याकिन्ली मृत भेटिएकी थिइन्। यौन दुर्व्यवहारपछि घाँटी थिचेर उनको हत्या गरिएको थियो। […]

सेयर बजार पाँच दिनका लागि बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डको निर्देशन नेप्सेमा पठाएको जानकारी दिए । उनका अनुसार […]

घरमै बसेर स्वास्थ्य सेवा लिन आह्वान गर्दै चिकित्सक संघद्वारा मोबाइल नम्बर सार्वजनिक

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम अत्यावश्यक अवस्था बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान संघले अपिल गरेको हो । नेपाल चिकित्सक संघले आइतवार […]

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा. खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी […]

नेपालको सिमा जोडिएको बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण […]

उपत्यका बाहेक अरु ठाउँमा भोली देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ, ९ चैत । सरकारले भोली देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । तर काठमाडौं उपत्यका काठमाण्डौ, […]

पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, ९ चैत ।गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । नुवाकोटमा एक महिलामाथि पाँच जना युवकले सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र […]

कैलालीमा विस्फोट हुदा एकको मृत्यु

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने जनाइएको छ । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो […]

बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]