काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]
मुख्य समाचार
कोभिड–१९ संक्रमणबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो
काठमाडौं, १० चैत । कोभिड–१९ को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका […]
क्वारेन्टइनका लागि होटल व्यवसायी संघ शिवराजले ११० कोठा उपलब्ध गराउने
कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम रोक्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ शिवराजले १ सय १० कोठा उपलब्ध गराउने भएको छ । व्यवसायी संघका नगरअध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा आइतबार बसेको बैठकले क्वारेन्टाइनका लागि आवश्यक पर्दा नगरभित्र संचालित होटलहरुले २० एसीसहित एकसय १० कोठा उपलब्ध गराउने निर्णय गरेको हो । विश्वभर फैलिँदै गएको कोरोना […]
कोरोना संक्रमण रोक्न कपिलवस्तुमा विविध उपाय अपनाइँदै
कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्युनीकरण गर्न कपिलवस्तुमा विविध उपायहरु अपनाइएको छ । जिल्लाका सबै पालिकाहरुमा हेल्पडेक्स, कोरेन्टाइन, हात धुने, मास्क वितरण तथा जनचेतना मूलक अभियान अपनाइएको छ । यस्तै कृष्णनगर बाहेक भारतसँग जोडिएको जिल्लाको सबै सीमानाकाहरु बन्द गरिएको छ । यस्तै जिल्लाका सबै पालिकाहरुले चैत २१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक […]
दुईजना भन्दा बढी भेला हुन नपाउने, विश्वकै शक्तिशाली नेतृ चान्सलर मर्केल क्वारेन्टाइनमा
एजेन्सी । जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने भएको छ । कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरेको हो । अब सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् । जर्मन चान्सलर एङ्गेला मर्केलले टेलिभिजन मार्फत गरेको सम्बोधनमा भनेकी छन्, ‘भाइरसको […]
कोरोनाको त्रासबीच १४० वर्ष यताको ठूलो भुकम्प
एजेन्सी । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जाग्रेब शहर केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो १४० वर्ष […]
आजबाट लामो दूरीका सवारी साधन देशभर बन्द हुने
काठमाडाैं, १० चैत । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न सरकारले आज (सोमबार)देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराइसकेका छन्। प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते (आज)देखि केही अवधिका लागि नेपालभर चल्ने […]
एक साताका लागि भारत र चीन दुवैतिर आवागमन ठप्प पार्ने सरकारी निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान १० बजेदेखि नाकामा आवागमन बन्द गरिने एक मन्त्रीले नेपालखबरलाई बताए। भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो। कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ। […]
कोरोनाको त्रासले जेलमा भागदौड मच्चिदा २३ को मृत्यु
काठमाडाै । कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो। कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा […]
अमेरिकाका सिनेटर नै कोरोना संक्रमित
काठमाडौं । अमेरिकाको केन्टकीका सिनेटर र्यान्ड पल कोरोना (कोभिड–१९) बाट संक्रमित भएका छन्। यो भाइरसबाट संक्रमित हुने उनी पहिलो अमेरिकी सिनेटर हुन्। रिपब्लिकन सिनेटर पलले संक्रमण रहेको रिपोर्ट आएपछि आइतबार ट्विट गरेर आफू ठीकठाक रहेको र क्वारेन्टाइनमा बसेको जानकारी गराएका छन्। पेशाले डाक्टर समेत रहेका पलले उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि यसबीच निकै […]









