अमेरिकाका सिनेटर नै कोरोना संक्रमित

काठमाडौं । अमेरिकाको केन्टकीका सिनेटर र्यान्ड पल कोरोना (कोभिड–१९) बाट संक्रमित भएका छन्। यो भाइरसबाट संक्रमित हुने उनी पहिलो अमेरिकी सिनेटर हुन्।

रिपब्लिकन सिनेटर पलले संक्रमण रहेको रिपोर्ट आएपछि आइतबार ट्विट गरेर आफू ठीकठाक रहेको र क्वारेन्टाइनमा बसेको जानकारी गराएका छन्।

पेशाले डाक्टर समेत रहेका पलले उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि यसबीच निकै यात्रा गरेको र बिभिन्न कार्यक्रममा सहभागी भएका कारण स्वास्थ्य जाँच गरेको बताएका छन्।

अर्को सदन प्रतिनिधि सभाका दुई सदस्य फ्लोरिडाका मारियो डायज बलार्ट र उटाहका बेन म्याकएडम्स पनि संक्रमित भएको रिपोर्ट आएको थियो।

Loading...