पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, ९ चैत ।गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । नुवाकोटमा एक महिलामाथि पाँच जना युवकले सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानो कान्छा तामाङलाई पक्राउ गरेको हो । पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरेको हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु त्यही रात उनीले शिवपुरी गाँउपालिकाकै रामसिंह तामाङको घरमा समेत चोरी गरी कुटपिट गरेर फरार भएका थिए। गिरोहका अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Loading...