कैलालीमा विस्फोट हुदा एकको मृत्यु

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो।

विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।

Loading...