मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने जनाइएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

Loading...