सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले […]
मुख्य समाचार
‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’
सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो । […]
कोरोना त्रासः जुमाको नमाज घरमै पढे कपिलवस्तुका मुस्लिम समुदायले
कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक शुक्रबार मस्जिदमा गई जुमाको नमाज पढ्ने गरेकोमा कोरोना त्रासका कारण आ–आफ्नै घरमा जुमाको नमाज पढेको मदरसा बोर्ड प्रदेश ५ का […]
सरकारको कोभिड–१९ राहत कोषमा शिक्षक–कर्मचारीले एक दिनको तलब सहयोग गर्ने
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम जम्मा गर्न देशभरका शिक्षक,विद्यालय कर्मचारीहरुसँग आग्रह गरेको छ । शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापाले विज्ञप्ति जारी गर्दै सरकारको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम सहयोग गर्न आव्हान गरेका हुन् । महाससंघको कार्यलयीय पदाधिकारीहरूले आवध्द र सम्बध्द संगठनका अध्यक्ष र महासचिवहरूसँग […]
सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच कोरोनाबारे टेलिफोन वार्ता
काठमाडाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो। सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको साउथ चाइना मर्निङ पोष्टले […]
विश्वमा सबैभन्दा बढी काेराेना संक्रमित अमेरिकामा
काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]
लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट
काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्। काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो समय कोरोनाले विकराल अवस्था […]
विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै
लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने भर्चुअल सामग्री सिफारिस […]
कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन्। उनले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसङ्घले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। महासचिवले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि […]
भारतमा लकडाउनमा बसेका गरिबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम
एजेन्सी । कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। उक्त प्याकेजमा नि: शुल्क खाना र आर्थिक सहायता समेटिएको छ। त्यो ‘तत्काल आवश्यकतामा रहेकाहरूलाई’ दिइने अर्थमन्त्री […]










