नुवाकोट । कोरोना सङ्क्रमण जिल्लाका सबै स्थानीय तहमा बढेपछि नुवाकोटले आजदेखि लकडाउन गर्ने निर्णय गरेको छ । भाइरसको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र […]
मुख्य समाचार
अन्ततः ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा गरे हस्ताक्षर
भिडियो सेयर एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध […]
नेपालमा कोरोना संक्रमित पुगे २१७५०, मृत्यु संख्या ६५
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्य भइसकेको छ भने हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय […]
काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, राजधानीमा कोरोनाबाट फेरि एक जनाको मृत्यु
काठमाडौं । राजधानी काठमाडौंमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन । राजधानीमा भाइरसको संक्रमण क्रमशः बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए। यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, […]
प्रचण्ड निवासमै भेटिए ६ जना कोरोना संक्रमित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’ प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको […]
काठमाडौसहित एकै दिन कोरोनाबाट ६ जना संक्रमितको मृत्यु
काठमाडौं, २१ साउन । नेपालमा एकैदिन ६ जना काेराेना संक्रमितको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको हाे । […]
उडन्ते दावी गरेर ट्रम्पले पोष्ट गरेको भिडियो फेसबुकले हटाइदियो
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लाे समय निकै विवादमा परेका छन् । उनले कतिबेला के कुरा बाेल्छन भन्ने थाहा हुन्न । कहिले चीन त कहिले उत्तर काेरिया लगायतका देशहरुका विरुद्धमा बेलाबेला विवादास्पद अभिव्यक्ति दिइरहने ट्रम्पले पछिल्लाे समय काेराेना बारे यस्तै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले दिएकाे उक्त विवादास्पद अभिव्यक्तिसहितकाे भिडियाे पाेष्टलाइ चर्चित सामाजिक […]
सत्तारुढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष पन्तमा कोरोना पाेजेटिभ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत […]
काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)
काठमाडाैं । सरकारले बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका […]
कोरोनाबाट विश्वमा ७ लाख ३ हजारभन्दा बढी मानिसको मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् […]











