नेपालमा कोरोना संक्रमित पुगे २१७५०, मृत्यु संख्या ६५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्‍य भइसकेको छ भने हालसम्‍म १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ९ हजार ४ सय ७० क्वारेन्टिनमा रहेका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, उदयपुरका १, बाजुराका ३, गोर्खाका ४, काठमाडौँका ७६, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, भोजपुरका २, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएकाे हो।

यस्तै नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश-१मा कोरोना भाइरसबाट ३ सय ५८ जना संक्रमित भएका छन् भने ९ सय ३७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्। साथै ४ जनाले अहिलेसम्‍म ज्‍यान गुमाइसकेको छ।

यस्तै प्रदेश-२ मा २ हजार ६ सय ९३ जना रहेका छन् भने ३ हजार २ सय ३४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै २५ जनाले कोरोनाकै कारण ज्‍यान गुमाउनु परेको छ।

यस्तै बागमती प्रदेशमा ८ सय ३५ जना कोरोना संक्रमित रहेका छन् भने ५ सय ९१ जना कोरोनाबाट संक्रमणमुक्त भइ घर फर्किएका छन्। साथै १० जनाले कोरोना संक्रमणका कारण ज्‍यान गुमाइसेका छन्।

यस्तै गण्डकी प्रदेशमा २ सय ८० जनामा कोरोना संक्रमित, १ हजार ३ सय ६२ जना कोरोना संक्रमणमुक्त र ५ जनाको कोरोनाकै कारण मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसका साथै प्रदेश ५ मा ३ सय ७७ जना कोरोना संक्रमण भएका छन् भने ५ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै १० जनाले ज्‍यान गुमाउनु परेको छ।

यस्तै कर्णाली प्रदेशमा २६३ जनामा कोरोना संक्रमितको संख्या पुगेको छ भभने १ हजार ७ सय ७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै ५ जनाको कोरोनाबाट मृत्‍यु भइसकेको छ।

यस्तै सुदूरप्रश्‍चिम प्रदेशमा १ हजार ४ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ३ सय ९१ जना कोरोनालाई जितेर घर फर्किएका छन्। साथै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

Loading...