सत्तारुढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष पन्तमा कोरोना पाेजेटिभ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत गरे ।

३/४ दिन पहिले देखि आफूलाई ज्वरो आएको र घाटीमा केहि असजिलो समस्या भएपछी टेकुमा उनले स्वाव टेस्ट गराएको र त्यसको रिपोर्ट आउदा कोरोना पोजेटिभ पाइएको उनले जानकारी दिए । कोरोनालै सामान्य रोगका रुपमा स्वीकार गर्नुको बिकल्प नबहेको बताउदै अध्यक्ष पन्तले सकेसम्म संक्रमण हुन् नदिएन र भएमा अरुलाई सर्न नदिने विषयमा सचेत रहनुपर्ने सुझाव समेत दिए ।

काठमाडौंस्थित अस्पतालको आइसोलेसनमा रहेका उनको अवस्था सामान्य छ ।

सर्लाहीमा कोरोना संक्रमितको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलवारबाट १ साताका लागि लक डाउन गरेको छ । यसैबीच बुधवार सर्लाहीका एक ६५ बर्षिय पुरुषको कोरोना उपचारको क्रममा काठमाडौंमा ज्यान गएको सूचना प्राप्त भएको छ ।

Loading...