सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य […]
मुख्य समाचार
ट्वीटरमा खुलेनन मोदी, टेलिफोनमा भने द्वीपक्षीय सम्बन्ध राम्रो बनाउने कुरा
काठमाडौँ। नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ। ‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा […]
शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना
काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका […]
झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार !
झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली पक्राउ परेका हुन् । भाउजू नाता पर्ने ४० वर्षीया बिरामी महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा उनलाइ बिहीवार पक्राउ […]
सिन्धुपाल्चोक पहिरो, १३ शव निकालियाे, ११ काे सनाखत
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला […]
आजदेखि लगाइयो प्रतिबन्ध, यस्ता गतिविधि गरे कडा कारवाही गर्ने सरकारको तयारी
काठमाडौँ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले अाजदेखि विभिन्न गतिविधिमाथि राेक लगाएकाे छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि प्रशासनले भिडभाड बढाउने र अन्य गतिविधिमाथि कडा प्रतिबन्ध लगाउने अादेश दिएकाे हाे । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख […]
इरानी इन्धन बोकेका ४ पानीजहाज अमेरिकाले लियो बलजफ्ती नियन्त्रणमा
एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए । भेनेजुएलाका लागि इरानी राजदूत होजाड […]
खतराको सूचीमा औषधीय गुण भएका कालो रङका अन्नबालीहरु
हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिनप्रति दिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ मानिन्छ । हुम्ला जिल्लाको एक अध्ययन अनुसार यहाँ उत्पादन हुने कालो रङ भएका बालीनालीहरु के कसरी कुन कारणले हो दिनप्रति […]
दुई वर्षमा एयरलिफ्टबाट २९ जना सुत्केरीको उद्धार
हुम्ला । एयरलिफ्टबाट दुई वर्षमा हुम्लाका २९ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । उनीहरूलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा पु–्याएर यो सेवा उपलब्ध गराइएको हो । यो वर्षमात्र १८ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो भने पोहोर ११ जना गर्भवती महिलाले यो सेवा पाएका छन् । हुम्लाका गाउँ गाउँमा सुत्केरी बेथाले […]
कोरोनाबाट मृत्यु हुने १०० नाघ्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक […]











