खतराको सूचीमा औषधीय गुण भएका कालो रङका अन्नबालीहरु

हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिनप्रति दिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ मानिन्छ ।

हुम्ला जिल्लाको एक अध्ययन अनुसार यहाँ उत्पादन हुने कालो रङ भएका बालीनालीहरु के कसरी कुन कारणले हो दिनप्रति दिन लोप हुँदै गएका छन् । कालोमार्सी धान, कालो कागुनो, कालो जौ, कालो सिमी, कालो उवा आदि निकै चर्चित बालीहरु हुन । यी बालीहरुमा औषधीय गुण भएको मानिन्छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष र परोक्ष असरले विश्वमा परिरहेको छ । इसले प्रकृतिदेखि संस्कृतिसम्म खतराका संकेत देखिन थालेका छन् । यो विश्वव्यापी समस्यासँग सचेत नहुने हो भने आकास्मिक प्राकृतिक प्रकोपले जहिले पनि निल्न सक्ने विज्ञहरु बताउँछन्।

हिमाली जिल्ला हुम्लाको हिमपात र वर्षे पानीको अनुमान गर्ने हो भने एक दशकमा पटक पटक अनिष्ट वर्षको रुपमा लिन सकिन्छ । यो वर्ष अति चिसोका कारण मात्र करीब पाँच सय पशुवस्तुहरु मरेका छन् । हिल्छा, सिमकोटको स्याम्ने गाउँ र मैला गाविसको काँडा जिमाना गाउँमा अत्यधिक रुपमा बाढी पहिरो गएको छ । यसरी वर्षेनी विभिन्न प्रकारका प्राकृतिक विपद्ले विकराल रुप लिंदा पनि नीतिगत र व्यवहारिक रुपमा सचेतना र उद्धारका कामहरु हुन सकेको छैन ।

हुम्ला जिल्लाको प्रकोपको आँकडा हेर्दा करीब तीन सयभन्दा धेरै राहतको निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको पाइन्छ । जिल्लाभरीको प्रकोपको क्षति लेखाजोखा गर्दा एक आ।व।मा करीब ६ करोडको भौतिक क्षति भएको पाइएको छ । यो त भयो भौतिक क्षतिको कुरा तर जिल्लामा अहिलेसम्म वातावरणीय रुपममा के कस्तो किसिमको असर परेको छ । यसबाट प्रकृति र संस्कृतिसँग अन्तरसम्बन्धित रहेका जीवजन्तु र बालीनालीहरुको के कस्तो अवस्थामा रहेको छ । यो खोजी र रोजीको विषय भएको छ । तर पनि स्थानीयवासीहरुको अनुभवमा प्रत्यक्ष असरहरु परेको कुरा थाहा हुँदैछ ।

सिमकोटमा एक दशक अघिसम्म कोदो नपाक्ने ठाउँमा अहिले कोदो पाक्न थालेको छ । दार्मा क्षेत्रमा वर्षाक्ँे समयमा साना साना किराहरुको प्रकोप बढेको छ । समय समयमा कि त अति हिमपात, अति वर्षा र अति खडेरीको समस्या आउँदै छ । यो हो जलवायु परिवर्तनको असर तर यो बारेमा प्रत्येक व्यक्तिदेखि सर्वसाधारण आम मासिसहरुलाई सचेत बनाउन नसकेका विकराल समस्या आउने देखिन्छ ।

नेपालको कृषि जैविक विविधताको बारेमा काम गर्ने गैसस जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहलले गरेको चार वर्षको अध्ययनले अति खतराको संकेत देखाएको छ । यसका लागि स्थानीयस्तरमा व्यापक रुपमा सचेतनादेखि जलवायु परिवर्तनका अनुकूलन सम्बन्धी कामहरु गर्न नसक्ने हो भने नराम्रो समस्या आउने खोजकर्ताहरु बताउँछन् ।

जिल्लास्थित नीति निर्माताहरु यो बारेमा बेखबर छन् । स्थानीयस्तरका वनस्पति, बालीनाली र जडिबुटीहरु संकलन गरी त्यसको प्रयोग, उपयोगीता, प्रचार प्रसार तथा विस्तार के कसरी गर्न गराउन सकिन्छ भन्ने बारेमा गरेको अध्ययनले कालो रङका बालीनालीहरु नै किन जोखिममा छन् । यो अनौठो खोजीको विषय भएको छ ।

हाल जिल्लाबाट धानमा कालोमार्सी, लुम्सेरा, जुँगे, कागुनोमा कालो र रातो, कोदोमा लई र तीन महिने, जौमा कालो, छ्याँग्रे, उवामा रातो, फापरमा मीठे, खिस्से र बाटुलो, आलुमा स्थानीय आलु, चिनोमा कपाडे रहेका छन् । यी लोप हुन लागेका अन्नबालीहरुमा धेरैजसो कालो रङका नै किन लोप हुन लागेका हुन यसको वैज्ञानिक तथ्यका बारेमा खोजी हुन अति आवश्यक रहेको छ ।

Loading...