चार हजार मिटर उचाइमा वडा कार्यालय सञ्चालनमा

हुम्ला । हुम्लाको मात्र नभएर नेपालकै ठूलो वडा लिमीले आन्तरिक स्रोत परिचालन गरेर वडा कार्यालयको भबन निर्माण कार्य सम्पन्न गरेको छ ।

दुई वर्ष लगाएर यो कार्यालयलाई सम्पन्न गरिएको नाम्खा गापा वडा नं ६का वडा अध्यक्ष पाल्जोर लामाले कनकपत्र डट कमलाई जानकारी दिएका छन् ।

हिमाल पारीको गाउँको परिचय पाएको यो ठाउँलाई जनसहभागीताको नमुना गाउँका रुपमा चिनिदैँ आएको छ । यसैले पनि यहाँ विकासमा कामहरू गर्न गराउन सजिलो हुने गरेको छ ।

Loading...