झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार !

झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे ।

सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली पक्राउ परेका हुन् । भाउजू नाता पर्ने ४० वर्षीया बिरामी महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा उनलाइ बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको हाे।

प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार पिडित महिलाले आफू बिरामी भएको र देवरले रातकाे समयमा एक्लै कोठामा बसाली झारफुक गर्ने बहानामा बलात्कार गरेको जाहेरी दिएपछि कारवाही अघि बढाइएकाे छ ।

देवरले आफू शिव र भाउजूलाई देवी बनाइ झारफुक गर्दागर्दै शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास र धम्की देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

 
Loading...