काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]
मुख्य समाचार
यसपटक असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी
काठमाडौं । सरकारले यसपटक विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । यसअघि सधै १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा […]
वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन
काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक बिमोचन गरेका हुन् । ६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण पे्रमीका योगदानहरु उल्लेख छन् । उनी पत्रकारीतामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने […]
कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे
काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै […]
अब विद्यालयले एसईई लिन नपाउने
काठमाडौं । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । […]
करिश्मा मानन्धर महानायिका घोषित
राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]
सुदूरपश्चिमको झुलाघाट नाका सञ्चालनमा
बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सरकारले यसअघि गत शुक्रबारदेखि […]
आज पनि हिमपात र वर्षाको पूर्वानुमान
काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा […]
रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो
काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ । वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका […]
डोटीमा कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या
डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य […]











