काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक […]
मुख्य समाचार
नेपालमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, २४ घन्टामै थपिए ७२११ संक्रमित
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १७ हजार ७७० नमुना परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको छ । प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ । […]
मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता
काठमाडौँ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा […]
नक्कली कोरोना संक्रमित भएर जनर्मोर्चाका सांसद आइसीयुमा भर्ना भएको खुलासा
पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही पोखराको पृथ्वी चोकमा रहेको चरक अस्पतालको आइसीयु कक्षमा भेटिएका छन् । कोरोनाका विरामीलाई उपचार गर्ने आइसीयु कक्षमा भर्ना गरिएका सांसद शाहीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ देखिएको छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई स्वास्थ्य समस्या पनि केही नरहेको बताइएको […]
पछिल्लो २४ घन्टामा ४८९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]
नेप्सेमा पूरै रातो, करिब ७६ अंकले घट्दा यी कम्पनी कसरी हरियो
काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि […]
देशभर ३१२२ संक्रमित, उपत्यकामा मात्र १४९८, काठमाडौं बन्यो कोरोनाको सबैभन्दा हटस्पट
काठमाडौं, १२ वैशाख । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामामात्र पछिल्लो २४ घन्टामा १४९८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ जनामा संक्रमण देखिएको छ। […]
कोरोना संक्रमणबाट एकै दिन २८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको र यो अवधिमा १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ। आज देशभर ३१ सय २२ संक्रमित […]
नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि
काठमाडौं, ११ बैशाख । नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो। टी-२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो। फाइनलमा नेपाली बलरहरु हावी […]
चीनले अमेरिकालाई भन्योः ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नुजस्तै हो
काठमाडौं ।चीनले अमेरिकालाई ताइवानको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। चिनियाँ विदेशमन्त्रीले वाङ यीले अमेरिकी प्रतिनिधिसँगको भिडिओवार्तामा सिधै ‘ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नु बराबर हो’ भनेका हुन्। चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ। तर चिनियाँ नीति ताइवानमा नचल्ने त्यहाँको राष्ट्रपति साइ इंग–वेनले बताउँदै गर्दा अमेरिकाले उसलाई हतियारहरु बेच्ने गरेको छ। पछिल्लो समय अमेरिकी […]











