पुनर्निर्मित २२ तले धरहराको आज उदघाटन

काठमाडौँ । २०७२ सालको भुकम्पले भत्काएको धरहरा पुननिर्माण गर्ने कार्य सम्पन्न भएको छ । पुननिर्मित धरहराको आज प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् ।  वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो । पुनर्निर्मित धरहरा बाहिरबाट […]

नेपाली फुटबल इतिहासमा नयाँ प्रयोग: नेपाल सुपर लिग आजदेखि सुरु

काठमाडौं । नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात […]

माधव समूहको बैठक ओली समूहले रोक्न खोजेपछि नुवाकोटमा तनाव

नुवाकोट । नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव देखिएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो । केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी […]

सन्दीप बने टी–२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले टी-२० मा आफ्नो सय खेल पूरा गरेका छन्। बिहीबार त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरूद्धको खेलमार्फत सन्दीपले टी-२० मा सय खेल पूरा गरेका हुन्। योसँगै सन्दीप नेपालका लागि सय टी-२० खेल्ने पहिलो खेलाडी बनेका छन्। टेस्ट राष्ट्रको फ्रेञ्चाइज टी-२० लिगका खेल र टी-२० अन्तर्राष्ट्रिय खेललाई टी-२० को मान्यता हुन्छ। बिहीबार मलेसियाविरूद्धको खेल […]

भारतमा कोरोनाको रेकर्ड ब्रेकः एकैदिन थपिए ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २१ सय बढीको मृत्यु

काठमाडौं, ९ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]

गोठका सबै च्याङ्ग्रा मारेर खाएको हिउँ चितुवालाई गोठालाले च्याङ्ग्राकै खोरमा थुने

मनाङ, ९ वैशाख । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए। बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै […]

कर्णालीका मुख्यमन्त्रीले देखाए लोकतान्त्रिक चरित्र, एमालेका सांसदको साथले जोगियो सरकार

बागमती र गण्डकी प्रदेश लगायतका मुख्यमन्त्रीहरु संसद फेस गर्नबाट भागीरहदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका थिए । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको छ । नेकपा एमाले(ओली पक्ष) को संसदीय दलको […]

जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ, १६ चैत । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । […]

चीन सरकाले दिएको कोरोना खोप नेपाल पुग्यो

काठमाडौं, चैत । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइपुर्‍याइएको छ। बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो। खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी छन्। चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। […]

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो ।  मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र […]