नेप्सेमा पूरै रातो, करिब ७६ अंकले घट्दा यी कम्पनी कसरी हरियो

काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् ।

आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि नाफा आर्जन गरेको छ । अन्य धेरै सूचकहरु पनि सकारात्मक छन् । तर यहिँ कम्पनीको सेयर मूख्य पनि बढ्न सकेन ।

यता सर्वसाधारणतर्फको सेयर मूल्य वृद्धि नभए पनि आइतबार धेरै कमाउनेको शिर्ष स्थानमा कुमारी बैंक नै देखिएको छ । यस बैंकको सर्वसाधारण तर्फको सेयर मूल्य बढ्न नसके पनि संस्थापक समूहको सेयर मूल्य १४ रुपैयाँले बढेर प्रतिकित्ता ११४ रुपैयाँ पुगेको छ ।

बजारमा यति ठूलाे अंककाे गिरावट देखिदा पनि ८ कम्पनीहरूकाे सेयर मूल्य भने राम्रैसँग बढेकाे छ ।

धेरै कमाउनेको शिर्ष स्थान कुमारी देखिदा महिला लघुवित्त दोस्रो नम्बरमा देखिएको छ । यस संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात १९४ रुपैयाँले वृद्धि भएर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

तेस्रोमा देखिएको विशाल बजारको सेयर मूल्य ३१६ रुपैयाँले बढेर ३ हजार ४ सय ८४ रुपैयाँ पुगेको छ ।

Loading...