काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ […]
मुख्य समाचार
वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ
काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ । इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्दै गत चैत २९ […]
प्रधान सेनापति द्वारा निर्वाचन सुरक्षाका लागि आवस्यक ब्यबस्था मिलाउन चार वटै कमाण्डलाई निर्देशन
बैशाख ५,काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि चार वटै कमाण्डलाइ आवस्यक ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ। प्रधान सेनापति शर्माले निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको हो। सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई उहाले विशेष निर्देशन दिनुभएको […]
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस
काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश […]
निर्वाचनका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। […]
खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए। दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, […]
समुद्रमा डुब्यो रुसी युद्धपोत
बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]
निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन
काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । […]
माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र […]
लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः फाउन्डेसन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएपछि राजधानीको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी जानकी फाउन्डेसनले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धीपूर्ण भएको […]










