तीन महानगर प्रमुखमा एमालेले बनायो सर्वसम्मत उम्मेदवार, बाँकीमा विवाद कायमै

काठमाडौँ । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एमालेबाट ३ वटामा प्रमुखमा सर्वसम्मत उम्मेदवार तय भएका छन्। चितवनको भरतपुर, ललितपुर र पर्साको वीरगन्ज महानगरपालिकामा तल्लो कमिटीबाट सर्वसम्मत आएका नामलाई एमालेको सचिवालय बैठकले सदर गरेको हो। ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सरावगी र भरतपुर महानगरपालिकामा विजय सुवेदी एमालेबाट मेयरमा उठ्ने भएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले […]

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो । मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् […]

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की । चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको […]

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र नै दिइने

काठमाडौँ, ६ बैशाख । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र […]

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास […]

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको निर्णय बिरुद्द  दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले  अल्पकालीन अन्तरिम  आदेश दिएको हो।   न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो । सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष […]

नौ देशका सैनिकसहित शिवपुरीमा सेनाको ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ। नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य […]

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको […]

भारतको सेना प्रमुखमा मनोज पाण्डे

काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् । हाल भारतीय सेनाको […]