पल शाहलाई साढे दुई वर्ष कैद सजायको फैसला, १० लाख क्षतिपूर्ति

काठमाडौं, २१ भदौ । नायक पल शाहलाई बाल यौन दुरापयोगमा अदालतले साढे २ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला सुनाएको हो । बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र पीडितलाई १० लाख क्षतिपूर्ती दिनुपर्ने फैसला गरेको अदालतले उनलाई नाबालिग बलात्कार […]

बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको […]

रहेनन् कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी

काठमाडौँ। नेपाली कांग्रेसका बाैद्धिक नेता एवं सांसद प्रदीप गिरीको निधन भएको छ । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ७५ बर्षीय गिरीको शनिबार राति ९:३६ बजे निधन भएको अस्पतालका सीईओ बिजय रिमालले पुष्टि गरे । विगत तीन साता देखि मेडिसिटीमा उपचार भइरहेको डा गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो । लामो समय भारतमा उपचार […]

माओवादी केन्द्रले लगायो पदाधिकारीको टुंग्गो

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको छ । पार्टीको महादिबेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी बगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन […]

वित्तीय संस्थासँगै जनता पनि डुब्दै

पछिल्लो समय बैंकबाट बचत रकम निकाल्ने क्रम ह्वात्तै बढेको छ । साउन १ गतेदेखि हिजोसम्म देशैभरिबाट ९८ अर्ब पैसा बैंकबाट निकालेको तथ्याङ्क छ । यति छोटो अवधिमा बैंकबाट यत्रो रकम निकाल्नु पहिलो चोटि होला । योभन्दा अघि यत्रो रकम निकालेको कहिल्यै पनि सुन्नमा आएको थिएन् । जनताहरु सचेत हुँदा पनि बैंकबाट पैसा निकाल्ने क्रम बढेको […]

डायस्पोराका नेपालीहरु आगामी निर्बाचनमा कस्तो परिबर्तन भएको हेर्न चाहन्छन?

स्थानीय चुनाबको समाप्ति सँगै अर्को संसदीय चुनाब प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन एकै चरणमा आगामी मङ्गसिर ४ मा गर्दै गर्दा चर्चित संचारकर्मिहरु, उच्च पदस्थ ब्यक्ति नया दल खोल्ने होड़बाजी वा चाहना साथै पुराना पार्टीमा बैचारिक सैद्धान्तिक असमानता,पदीय बाड़फाड,लोभका कारण पछिल्लो समय फ्रन्टलाइनमा आउने मनसाय तिब्र देखिन्छ।नेपालमा विभिन्न राजनीतिक सामाजिक परिवर्तन सँग सँगै विभिन्न चरित्र […]

विकासको नाममा एकै दिन १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च

असार १९, काठमाडौं।मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

असार १७,काठमाण्डाै। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी थालेको छ । संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुने भएकोले आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्ने ब्यबस्था छ  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि निर्वाचन […]

बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गरिने

असार १५,काठमाडौँ । नेपालको सबैभन्दा ठूलो  १२ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने योजनामा राजनीति निर्देशित परिवर्तनहरूको निकै लामो अलमलपछि  बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले यो आयोजना स्वदेशी लगानीमा पब्लिक कम्पनी मोडलमा बनाउने निर्णय गरेको हो। केही दिनअघि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला […]

बालुवाटारमा सुनौलो परिवार रहेको भवनमा आगलागी

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ । आगलागीको कारण […]