सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ। हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता […]
मुख्य समाचार
करोड जरिवाना गरिएका घिसिङ पक्राउ
काठमाडौँ । प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो । ब्यूरोका […]
इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा
काठमाडौँ । इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका कप्तान इयोन मोर्गनले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनी इंग्ल्याण्डको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट टिमका कप्तान हुन् । र, इंग्लिस क्रिकेटको ह्वाइट बलको कप्तानीमा उनी अहिलेसम्मकै सफल हुन् । किनकी उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताए । यद्यपी सो […]
१७५ हिमालको जिम्मा दिन पर्वतारोहण संघको माग
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक […]
बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय
काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, […]
प्रजावत्सल महाराज, भोको वृद्ध र दुधभात
कुरै कुरामा एक दिन संसारमा खान लाउन नपाउने मान्छे पनि हुन्छन् रे भन्ने कुरा महाराजाले सुनेछन् । यस्तो पनि हुन्छ र !!! महाराजालाई अच्चम लागेछ । हैन, भोको मान्छे हुन्छ चै कस्तो ! तिनछक्क परेका महाराजाले आफ्नो अर्दलीलाई कुनै एउटा भोको खोजेर ल्याउन हुकूम बक्स भएछ । भोको मान्छे खोज्न दलवल सहित अर्दली दरबारबाट हान्नियो […]
नेपालले एसपीपीमा आबद्ध नहुने भन्दै अमेरिकालाई पठायो पत्र
काठमाडौँ । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । गत असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही दिन बसेको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा […]
बिष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूतमा नियुक्त
काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।
फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको […]
२७ जिल्लाका बालबालिकालाई कोरोना खोप आजदेखि
काठमाडौँ । सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम […]











