भारतीय अहंकारले नेपाल हिन्दु राष्ट्र नरहेको भारतीय नेता दुबेको दावी

न्यूजकारखाना, काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेस नेतृत्वको भूमिका र त्यसबाट भारत तथा […]

गरुडामा नि:शुल्क कृषि बिजुली

सञ्जय मिश्रा, रौतहट । रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ।  जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो । अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल […]

पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ ।   काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]

बजेटमाथि उठेका प्रश्नबार आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् […]

रवि लामिछाने विरुद्ध वीरगन्जमा पनि मुद्दा दर्ता

पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ […]

अघिल्लो वर्षको तुलनामा बढी उठ्यो राजश्व,११ महिनामा १० खर्ब २७ अर्ब संकलन

Dinesh Kumar Ghimire

काठमाडौं, असार १ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारको कुल राजस्व संकलन १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। अर्थ मन्त्रालयका अनुसार २०८२ असार १ गतेसम्म संकलन भएको राजस्व अघिल्लो वर्ष सोही अवधीको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि […]

पालिकालाई कर नतिर्ने मण्डनदेउपुरका ४ उद्योगमा ताला

काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ । नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो। नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि […]

प्रतिपक्ष लचक भएपछि संसद खुलाउन दुई बुँदे सहमति

काठमाडौं, ३० जेठ । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।  ‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु […]

अनुसन्धान र अभियोजन प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रहरी अनुसन्धानकर्ता र सरकारी वकिलबीचको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले अभियोजन र प्रमाणका तथ्यहरू यथार्थ र स्पष्ट हुने गरी अनुसन्धान र अभियोजन हुनुपर्ने बताए। उनले अन्याय रोक्न र सामाजिक सुप्रबन्ध कायम गर्न कानुनको निर्माण […]

उच्चमा रिक्त चार मुख्य न्यायाधीश सिफारिस

काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायाधीश सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।  शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।