एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकीकरण घोषणा आज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत […]

आजको मौसम : यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा […]

श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो

काठमाडौ । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय ५० रूपैयाँ तोकिएको छ । नेपाल सरकार, रोजगारदाता तथा श्रमिक संघ संगठनबीच न्यूनतम पारिश्रमिक निर्धारणमा त्रिपक्षीय सहमति जुटेको हो । सहमतिअनुसार आज साउन १ देखि नै लागू हुनेगरी न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ निर्धारण भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]

श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु, प्रचण्डको यस्तो निर्देशन

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गरेका छन्। कार्यक्रममा प्रचण्डले युवासँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्ने काममा सहभागी हुँदै अभियानको बिहीबार औपचारिक उद्घाटन गरे। अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको […]

ट्रकमा करेन्ट लाग्दा सहचालकको निधन

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको छ भने चालकसहित तीनजना घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी पौने ७ बजेको समयमा रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार […]

आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष २०८२/८३

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।सरकारले ल्याएका नयाँ करका […]

बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी […]

सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।  […]

विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् […]

पहिलोपटक घर खरिद वा निर्माण गर्नेलाई ३ करोडसम्म घरकर्जा

काठमाडौं । साउन १ गतेदेखि पहिलो पटक घर खरिद गर्ने वा निर्माण गर्नेले मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याएको हो । […]