सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]
मुख्य विशेष
अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक
शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]
टाटा सुमो पोखरीमा डुब्दा ६ को मृत्यु
काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ‘११ यात्री बोकेर कुदेको टाटा सुमो पल्टिएपछि पोखरीमा डुब्यो र यति धेरै हताहती भयो ।’ एक स्थानीयले जानकारी […]
नेपाल लेखक संघकोअध्यक्ष तथा माके केन्द्रिय सदस्य भण्डारीद्वारा पार्टी परित्याग
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंगको एकतामा असहमती राख्नेहरु ‘छुट्ने’ बताइरहदा एक केन्द्रिय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अखिल नेपाल लेखक संघका अध्यक्षसमेत रहेका माओबादी केन्द्रका केन्द्रिय सदस्य बिष्णु भण्डारीले पार्टीमा नरहने घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुक मार्फत नेता भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले पार्टीले क्रान्तिका बाकी कार्यभार […]
बाँदरमुढे घटनामा मारिएकालाई शहीद घोषणा
नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो । वि. सं. २०६२ जेठ २३ गते चितवनको माडीमा रहेको बाँदरमुढे खोलामा नेपाली सेनाको बसलाइ लक्षित गरि माओबादीले बिछ्याएको एम्बुसमा परि ३८ सर्वसाधारणको ज्यान गएको थियो । […]
५६ सिट मध्ये १७ निर्विरोध, कुन दलका कति ? राष्ट्रिय सभाको रोचक निर्वाचन
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित भएका हुन् । निर्वाचन अायाेगले माघ २८ गते राष्ट्रिय सभाकाे निर्वाचन हुने मिति तय गरेकाे छ । साेही वमाेजिम बुधवार […]
छाउ भएको बेलामा शिक्षक नै जादैनन् स्कूल : कर लगाए जागिर छोड्ने चेतावनी
अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो […]
यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?
काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, […]
सिमा मिचिनबाट बचाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर
नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका हुन् । निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ । सीमा […]
एमालेमा फेरि कोमल वलीकै चर्चा, ओलीले कोमललार्इ बनाए राष्ट्रिय सभा सदस्यको उम्मेदवार
काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे । एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला […]