शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)

काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन […]

मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, प्रकाशको मृत्यु हर्ट अट्याकले भयो भन्नु अपरिपक्वता

काठमाडौं, ५ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. रेग्मीले पोष्टमार्टम नगरेर प्रकाशको मृत्यु हर्ट अट्‍याकबाट भए भन्‍न नमिल्ने बताए । प्रकाशको शवको पोस्टमार्टम नगरेका कारण उनको मृत्युको कारण पत्ता लाग्न बाटो सदाको लागि अन्त्य भएको समेत डा. रेग्मीको भनाइ छ […]

प्रकाशको श्रद्धाञ्जली सभामा गाउँदागाउँदै जनगायक खुसिराम पाख्रीनको निधन

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियाे । तर डाक्टरहरूले ढिला भैसकेकाे भन्दै उनलार्इ मृत घाेषणा गरेका हुन् । वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका […]

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढले जनगायक पाख्रिन, अवस्था गम्भीर

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अरुको किड्नी हालेको ११ वर्ष पुगेको भन्दै आफूले कुनै बेइमानी नगर्ने ओलीको दावी

झापा, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराएको बताएका छन् । झापाकाे काँकडभिट्टामा अायाेजित एक चुनावी सभामा बाेल्दै नेता अाेलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने दावी गरे । सम्वाेधनका क्रममा अाेलीले आफूले अाफ्ना लागि नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको बताए । उनले […]

नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]

प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]

रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार

काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय […]

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]