मसी होइन, गोली लाग्ने पेनसहित पोखराबाट २४ वर्षिय युवक पक्राउ

कास्की, १ साउन । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन गनसहित २४ वर्षिय युवकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन् ।

प्रहरीले विशेष सूचनाको आधारमा पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित पक्रेको र उनको साथबाट औषधसहितसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका रानाभाट माथि थप अनुसन्धान भईरहेको बताइएको छ ।

Loading...